- नेपाली कांग्रेस महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालतले दिएको निर्णयलाई पूर्ण रूपमा स्वीकार गर्ने बताएका छन् ।
काठमाण्डौ, ०५ वैशाख । नेपाली कांग्रेस महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालतले दिएको निर्णयलाई पूर्ण रूपमा स्वीकार गर्ने बताएका छन् ।
उनले उक्त फैसला कसैको हार वा जीतको विषय नभएको स्पष्ट पार्दै, यसलाई विभाजनको रूपमा व्याख्या नगर्न सबै पक्षलाई आग्रह गरेका छन् ।
उनले भने, ‘यस फैसला कसैका लागि पनि हार वा जीतको विषय हुनु हुँदैन । एउटाको जीत वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता हो ।’
महामन्त्री पौडेलले अब सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई एकताबद्ध हुन अपिल गरे । उनले आगामी १५औं महाधिवेशनलाई वातावरण निर्माणमा गर्न सबैलाई सक्रिय हुन आह्वान गरे ।
‘अब सबैलाई सुरक्षित आभाष हुनेगरि सबै पुनः चारतारे झण्डामुनि गोलबद्ध बनेर १५ औं महाधिवेशनमा अघि बढ्ने वातावरण निर्माणका लागि सक्रिय रहन म समस्त नेपाली काङ्ग्रेसका नेता, साथीहरु र शुभेच्छुकमा हार्दिक अपिल गर्दछु,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।