पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव
५ बैसाख, २०८३, शनिवार
- मन्त्रालयले बैशाख ३ गते सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई पत्राचार गर्दै सुझाव माग गरेको हो ।
काठमाडौं: गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय तथा सुझाव मागेको छ ।
मन्त्रालयले बैशाख ३ गते सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई पत्राचार गर्दै सुझाव माग गरेको हो ।
त्यस्तै मन्त्रालयले जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघलाई बोधार्थ दिँदै सहजिकरणको लागि आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३, ५, ६, ७ र ८ को व्यवस्था बमोजिम गाउँपालिका तथा नगरपालिका, वडाको संख्या तथा सिमाना हेरफेर, गाउँपालिका र नगरपालिका एक आपसमा गाभिने र नगरपालिकाको विद्यमान बर्गीकरणमा पुनराबलोकन गर्न प्ररम्भिक मस्यौदा तयार भएको छ ।
सो सम्बन्धमा कुनै राय सुझाव भए मन्त्रालयको इमेल ठेगानामा तीन दिनभित्र उपलब्ध गराईदिन मन्त्रालयले आग्रह गरेको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न शिक्षामन्त्री पोखरेल नुवाकोटमा
-
चिलिमे हाइड्रोको सुरुङमा जारी उद्धार बारे सांसद सागर ढकालले के भने ?
-
भदौ २३ घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न गगन थापाको माग
-
जेनजीका शहीद र घाइतेको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध : मन्त्री गौतम
-
चीनको वैदेशिक व्यापारमा उच्च वृद्धि, आठ महिनामा १७.६ प्रतिशतले बढ्यो
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।