सर्वोच्चको फैसलापछि खड्का निवासमा देउवा पक्षीय शीर्ष नेताको छलफल जारी
५ बैसाख, २०८३, शनिवार
- खड्का निवासमा केही समयअघि सुरु भएको बैठक अहिले पनि जारी रहेको छ। उक्त छलफलमा पूर्वपदाधिकारीहरू तथा शेरबहादुर देउवा पक्षीय केही केन्द्रीय सदस्यहरू पनि सहभागी छन्।
काठमाडौं: सर्वोच्च अदालतको पछिल्लो फैसलापछि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्ना निकट नेताहरूसँग छलफल सुरु गरेका छन्।
खड्का निवासमा केही समयअघि सुरु भएको बैठक अहिले पनि जारी रहेको छ। उक्त छलफलमा पूर्वपदाधिकारीहरू तथा शेरबहादुर देउवा पक्षीय केही केन्द्रीय सदस्यहरू पनि सहभागी छन्।
बैठकमा विमलेन्द्र निधि, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, एनपी साउद, रमेश लेखक लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको छ।
पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दामा खड्काले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गर्दै गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको थियो। सोही निर्णयपछि आगामी राजनीतिक तथा संगठनात्मक रणनीति तय गर्न बैठक बसेको बताइएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।