- देउवा पक्षले गगन नेतृत्वको कांग्रेसलाई नै मान्यता दिएपछि अब नयाँ पार्टी खोलेर जाने या काँग्रेसमै संघर्ष गर्ने भन्ने विकल्पमा छलफल गरिरहेको छ ।
काठमाडौं: सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्ष आन्तरिक छलफलमा जुटेको छ ।
पुर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले आफु निकट नेताहरुसँग छलफल थालेका हुन् ।
देउवा पक्षले गगन नेतृत्वको कांग्रेसलाई नै मान्यता दिएपछि अब नयाँ पार्टी खोलेर जाने या काँग्रेसमै संघर्ष गर्ने भन्ने विकल्पमा छलफल गरिरहेको छ ।
गगन थापाले अदालतको निर्णयपछि अब पार्टीका सबै नेता कार्यकर्ता महाधिवेशनमा केन्द्रित हुनुपर्ने बताएका छन् । उनले कसैलाई भेदभाव नगर्ने बताउदै एक भएर पार्टी निर्माणमा लाग्न सबैलाई आग्रह गरेका छन् ।
अर्कोतर्फ नेता खड्काले भने आफुले विशेष अधिवेशन नमान्ने स्पष्ट अडान कायमै राखेका छन् । आफु निकट नेताहरुसँग कुनै पनि अवस्थामा विशेष अधिवेशनलाई नमान्ने बताउने गरेका छन् ।
विशेष अधिवेशनपछि समानन्तर गतिबिधि गरिरहेकै कारणले काँग्रेसले खड्कालाई स्पष्टिकरण समेत सोधेको अवस्था रहेको छ ।
खड्काले आफूनिकट नेताहरूसँगको छलफलपछि वर्तमान अवस्थामा आफु पक्षको रणनीति बारे विज्ञप्ति मार्फत नै जानकारी गराउने तायरी गरेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।