अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् सभामुख अर्याल
४ बैसाख, २०८३, शुक्रवार
- शुक्रबार सिंहदरबारमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तक्रियामा सभामुख अर्यालले विगतका अव्यवहारिक नजीरहरूलाई छाड्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिको विकाससँगै संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका हुन् ।
काठमाडौं: सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तक्रियामा सभामुख अर्यालले विगतका अव्यवहारिक नजीरहरूलाई छाड्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिको विकाससँगै संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका हुन् ।
उनले भने, ‘अहिले संसद भवनको अवस्था सबैलाई थाहा नै छ । हामी काम चलाउनको लागि अहिले सदन चलाइरहेका छौं । अव्यवहारिक नजीरहरूलाई छाड्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिको विकाससँगै संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्नेछ ।’
यसैगरी उनले पत्रकारहरुको लागि बस्ने ठाउँ असहज भएको भन्दै सहज हुने खालको व्यवस्था मिलाउने समेत बताए । उनले नयाँ संसद भवनमा छिट्टै नै जाने भएकाले पत्रकारहरुलाई सहज हुँदै जाने बताए ।
उनले भने, ‘अहिले गर्नसक्ने केही समयका लागि भिडियो पत्रकारहरुको लागि बस्नका लागि सहज हुने खालको व्यवस्था मिलाउने छौं । अब धेरै ढिला हुँदैन जस्तो लाग्छ नयाँ संसद भवनमा जानको लागि । छिट्टै नै नयाँ भवनमा हामी प्रवेश गर्ने छौं । त्यो भयो भने धेरै नै सहज होला भन्ने लाग्छ । नयाँ भवनमा केही असहज भयो भने यसरी नै बसेर समस्याको समाधान गरौंला ।’
हाल प्रयोगमा रहेको अस्थायी संसद् भवनका कारण विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू भइरहेको स्वीकार गर्दै ती समस्या क्रमशः समाधान गरिने बताए । उनले पत्रकारहरूको पास, कार्ड तथा रिपोर्टिङ पहुँचसम्बन्धी विषयलाई सन्तुलित ढङ्गले व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक १ गते आइतबार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’