संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले
३ बैसाख, २०८३, बिहिवार
- मन्त्री वाग्लेले विकासको बाधक बनेको भनिएको खरिद ऐनलाई छिटो परिवर्तन गर्ने बताउदै अध्यादेशबाट गर्ने वा संसदको आउदो अधिवेशनबाटै परिवर्तन गर्ने प्रतिबद्धता जनाए ।
काठमाडौं: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार संबिधानप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
विहिबार अन्तर सरकारी वित्ति परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले सरकार संबिधानप्रति प्रतिबद्ध रहेको र संबिधान परिवर्तन गर्दा पनि सरकारले संबिधानकै धारामा टेकेर गर्ने स्पष्ट गरेका हुन् । उनले करिब दुई तिहाईको बहुमत आएको अवस्थामा संबिधानमा के के परिवर्तन गर्ने हुन् भन्ने हल्ला चलाइएको बताउदै मन्त्री वाग्लेले सरकार संबिधानप्रति प्रतिबद्ध रहेको स्पष्ट गरेको बताए ।
सरकार सेवामुखी काम गर्न प्रतिबद्ध रहेको बताउदै मन्त्री वाग्लेले यसको शुरुवात समेत गरिसकेको बताए । उनले ठुलो जनमतसाथ आएको सरकारलाई सामान्य काम चलाउ किसिमको काम गर्ने छुट नभएको भन्दै आफुहरुले व्यापक सुधारका काम गर्न शुरु गरेको बताए ।
उनले बजेटमार्फत दर्जनौं ऐन खारेज र संशोधन गर्ने बताउदै नियमन गर्ने ऐन नभएमा नयाँ ऐन ल्याउने तयारीका साथ काम गरिरहेको बताए ।
मन्त्री वाग्लेले विकासको बाधक बनेको भनिएको खरिद ऐनलाई छिटो परिवर्तन गर्ने बताउदै अध्यादेशबाट गर्ने वा संसदको आउदो अधिवेशनबाटै परिवर्तन गर्ने प्रतिबद्धता जनाए ।
उनले सरकारले रुपान्तरणकारी पूर्वाधारको विकास गर्ने तयारीमा सरकार रहेको बताए । मन्त्री वाग्लेले ठुला पूर्वाधारमा निजी क्षेत्रलाई ल्याउने बताउदै भारतले अपनाइरहेको टोल सडकको अवधारणाको सानो अंश नेपालमा ल्याउने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’