मन्त्रालयसहित सबै सरकारी सवारी साधनको विवरण पठाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

२०८३ वैशाख ०३ विहिवार
सारांश
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयमा सञ्चालमा रहेका सवारीसाधनहरूको विवरण पठाउन पत्रमार्फत निर्देशन दिएको छ ।

काठमाण्डौ, ०३ वैशाख । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयमा सञ्चालमा रहेका सवारीसाधनहरूको विवरण पठाउन पत्रमार्फत निर्देशन दिएको छ ।

 

सचिवस्तरीय निर्णय अनुसार सबै मन्त्रालयमा मन्त्रालय र अन्तर्गत विभाग-कार्यालयमा प्रयोगमा रहेको र मर्मत कार्य भइरहेका दुई पांग्रे र चार पांग्रे सवारी साधनहरूको विवरण आजसम्म पठाउन निर्देशन दिएको हो ।

 

विवरणमा ब्राण्ड र मोडेल, सवारी साधन नम्बर, गियर सिस्टम, डिजेल-पेट्रोल-विद्युतीय के हो खुलाउन पनि भनिएको छ । प्रयोगकर्ताको नाम, प्रयोगकर्ताको पद, सवारी साधनको अवस्थासमेत खुलाउन निर्देशन दिइएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप समाचार