काँग्रेसले भरत खड्कालाई बनायो लेखा समितिको सभापतिको उम्मेदवार, मनोनयन दर्ता
३ बैसाख, २०८३, बिहिवार
- रास्वपाले लेखा समितिको सभापति कांग्रेसले पाउने भएपछि पार्टीले खड्कालाई अघि सारेको हो । खड्काले संघीय संसद सचिवालयमा आफ्नो उम्मेदवारी समेत दर्ता गरेका छन् ।
काठमाडौं: नेपाली कांग्रेसले भरत खड्कालाई संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति बनाउने भएको छ ।
रास्वपाले लेखा समितिको सभापति कांग्रेसले पाउने भएपछि पार्टीले खड्कालाई अघि सारेको हो । खड्काले संघीय संसद सचिवालयमा आफ्नो उम्मेदवारी समेत दर्ता गरेका छन् ।
खड्कालाई सत्ता पक्ष रास्वपा र विपक्षी दल एमाले र नेकपाको समेत समर्थन रहेकाले उनी निर्बिरोध निर्वाचित हुने देखिएको छ ।
यस अघि मोहन आचार्यलाई लेखा समितिको सभापति बनाउने बताइएको थियो ।
लेखा समितिमा काँग्रेसका चार सांसदहरु मोहन आचार्य, भरतबहादुर खड्का, जनकराज गिरी र योगेश गौचन थकाली सदस्य रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’