काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
२०८३ वैशाख ०३ विहिवार
- नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।
काठमाण्डौ, ०३ वैशाख । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।
बुधबारदेखि शुरु भएको बैठक आज दिउसो १ बजे केन्द्रीय कार्यालयमा पुनः बस्ने कावा मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिएका छन् ।
आजको बैठकमा काँग्रेसले गठन गरेको कार्की आयोगको प्रतिवेदन अध्ययन कार्यदलले तयार गरेको अध्ययनको निष्कर्षको बारेमा छलफल हुने भएको छ ।
यसअघि बुधबारको बैठकले उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहने गरि कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको गठन गरेको थियो भने उपसभापति पुष्पा भुसाल संयोजक रहने गरि कांग्रेस निर्वाचन व्यूरोको गठन गरेको थियो ।
त्यस्तै बैठकले महामन्त्री प्रदिप पौडेल संयोजक रहने गरि पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन गरेको छ भने महामन्त्री गुरुराज घिमिरे संयोजक रहने गरि कांग्रेस संगठन परिचालन तथा समन्वय समिति गठन गरेको थियो । त्यस्तै बैठकले केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संयोजकत्वमा अन्य राजनीतिक दल संवाद समिति गठन गरेको थियो भने केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको संयोजकत्वमा कांग्रेसको मर्यादाक्रम निर्धारण समिति गठन गरिएको थियो ।
त्यस्तै, बैठकले पार्टीमा वृहत्तर एकता कायम गर्दै १५ औं महाधिवेशन निर्धारित समयभित्रै सम्पन्न गर्न पार्टीका सबै नेता कार्यकर्ताहरुसँग संवादका लागि सभापति गगनकुमार थापालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै
-
आजदेखि आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सको कस्तो छ वित्तिय अवस्था ?
-
अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने साउदी अरबको चेतावनी
-
काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
-
रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न म्युनिख सेमिफाइनलमा
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।