सांसदलाई स्वकीय सचिव राख्न दिने व्यवस्थाको हर्क साम्पाङले गरे विरोध

२०८३ वैशाख ०२ बुधवार
सारांश
  • स्वकीय सचिवलाई मासिक ३० हजार रुपैयाँ तलब दिँदा पनि वार्षिक नौ करोड ९० लाख र पाँच वर्षमा ४९ करोड ५० लाख रुपैयाँ खर्च हुने उनले उल्लेख गरेका छन्।

काठमाडौँ: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने व्यवस्था गर्न लागिएको विषयको विरोध गरेका छन् ।

 

सामाजिक सञ्जालमा लेख्दै साम्पाङले राज्यको ठुलो रकम खर्च हुने भन्दै सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरोध गरेका हुन् ।

 

स्वकीय सचिवलाई मासिक ३० हजार रुपैयाँ तलब दिँदा पनि वार्षिक नौ करोड ९० लाख र पाँच वर्षमा ४९ करोड ५० लाख रुपैयाँ खर्च हुने उनले उल्लेख गरेका छन्।

 

संसद सचिवालयले यसअघि खर्च कटौतीका लागि खारेज गरिएको यो व्यवस्थालाई नयाँ सरकार आएपछि पुनः ब्युताउने तयारी गरेको छ ।

 

सभामुख डोलप्रसाद अर्यालको सभापतित्वमा सोमबार बसेको संघीय संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले स्वकीय सचिवको योग्यता निर्धारण र व्यवस्थापनका लागि कानुनी प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार