सदस्यता अद्यावधिक नगरे कांग्रेसको क्रियाशील सदस्य पद नै खारेज हुने गगन थापाको चेतावनी

२०८३ वैशाख ०१ मङ्गलवार
सारांश
  • ‘जरा अभियान’ अन्तर्गत ‘ग्रान्ड रिफर्म’ कार्यक्रमको शुभारम्भ गर्दै थापाले पार्टी प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन यो प्रक्रिया अनिवार्य गरिएको बताए।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक नगर्ने व्यक्तिहरू अब क्रियाशील सदस्यका रूपमा नरहने स्पष्ट पारेका छन्। ‘जरा अभियान’ अन्तर्गत ‘ग्रान्ड रिफर्म’ कार्यक्रमको शुभारम्भ गर्दै थापाले पार्टी प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन यो प्रक्रिया अनिवार्य गरिएको बताए।

 

आफ्नै वडा कार्यालयबाट सदस्यता अद्यावधिकको सुरुवात गर्दै थापाले वैशाख १५ गतेभित्र सबै सदस्यहरूलाई आ-आफ्नो वडामा पुगेर प्रक्रिया पूरा गर्न निर्देशन दिएका छन्। सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटाइज गरिएको जानकारी दिँदै उनले ओटिपी मार्फत प्रणालीमा प्रविष्टि हुने व्यवस्था मिलाइएको बताए।

 

पार्टीभित्रैबाट भइरहेको विरोध र भ्रमप्रति लक्षित गर्दै थापाले भने, "सदस्यता खोस्न लाग्यो भनेर अनावश्यक कोलाहल नमच्चाउनुहोस्। यदि कुनै दुविधा भए केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ।" उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हालैको विज्ञप्ति र संस्थापन पक्षको असन्तुष्टिलाई संकेत गर्दै काम गर्नेलाई सहयोग गर्न र नसके अवरोध नगर्न आग्रह गरे।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार