राज्य सञ्चालनमा युवाहरूको आगमनले राष्ट्र निर्माणमा टेवा पुग्छ- पूर्वराजा ज्ञानेन्द्र
३० चैत्र, २०८२, सोमवार
- विगतका कमजोरी र त्रुटिहरूलाई सच्याउँदै उच्चतम गन्तव्यतर्फ अग्रसर हुनुपर्नेमा उनले जोड दिएका छन् । उनले पछिल्ला वर्षहरूमा अपेक्षित विकास हुन नसकेको भन्दै राजनीतिक तथा प्रशासनिक परिवर्तनहरू प्रभावकारी बन्न नसकेको धारणा व्यक्त गरेका छन् ।
काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । नव वर्षको पूर्वसन्ध्यामा सोमबार भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले देशलाई प्रगतिपथमा अघि बढाउन स्थिरता,निरन्तरता र सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् ।
विगतका कमजोरी र त्रुटिहरूलाई सच्याउँदै उच्चतम गन्तव्यतर्फ अग्रसर हुनुपर्नेमा उनले जोड दिएका छन् । उनले पछिल्ला वर्षहरूमा अपेक्षित विकास हुन नसकेको भन्दै राजनीतिक तथा प्रशासनिक परिवर्तनहरू प्रभावकारी बन्न नसकेको धारणा व्यक्त गरेका छन् । देशमा बारम्बार प्रयोग र अभ्यास हुने प्रवृत्तिले स्थायित्व कमजोर बनेको उनको भनाइ छ ।
सन्देशमा राजनीति र राज्य सञ्चालनमा युवा पुस्ताको बढ्दो सहभागितालाई सकारात्मक रूपमा लिँदै शिक्षित र प्रविधिमैत्री युवाहरूको आगमनले राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
उनले भनेका छन्- 'वितेका कतिपय वर्ष वान्छित विकासका दृष्टिले नेपाल झन् झन् तल तल झर्दै गयो भन्ने नेपालीहरुको आम मनोभावना रह्यो । राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा त हामीले निकै हेरफेर हेयौ तर त्यो कोरा परिवर्तन मात्र भयो । दल दलको खल्बलमा त हामी धेरै दगुन्यौ तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछाडी पन्य। सधैं प्रयोग, सधै अभ्यास र सधै विकल्पको खोजीमा मात्र हामी लाग्यो । फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्र रह्यो । स्थिरता, निरन्तरता र दृढता कता कता हराएर गयो। विधि,पद्धति,व्यक्ति बदलेर मात्र समग्र स्थिति बन्ने रहेनछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ ,'शुभकामना सन्देशमा भनेका छन्,'राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनमा मद्दत पुग्छ भन्ने हामीलाई लाग्दछ। '
पूर्वराजा शाहले हाल देश विभिन्न चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै आर्थिक अवस्था सुदृढ बनाउन,छिमेकी राष्ट्र तथा अन्तर्राष्ट्रिय मित्रहरूसँग सहकार्य बढाउन आवश्यक रहेको बताएका छन् । साथै आन्तरिक सुरक्षालाई सुदृढ बनाउँदै नागरिकको जीउधनको सुरक्षा,अत्यावश्यक वस्तुको आपूर्ति तथा मानवीय सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
पूर्वराजा शाहले सबै पक्षको मागलाई सम्बोधन हुनेगरी संवैधानिक समाधान आवश्यक रहेको बताउदै नेपाललाई शान्ति, उन्नति र मौलिक पहिचानसहितको समृद्ध राष्ट्रका रूपमा स्थापित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।