संसदीय समितिमा अर्थमन्त्री वाग्लेलाई बोलाएर छलफल चलाउन माग
२०८२ चैत्र ३० सोमवार
- जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधानअनुसार संसद्मा 'प्रि-बजेट' छलफलको तयारी भइरहेका बेला सांसद घनश्याम रिजालले यस्तो माग राखेका हुन्।
काठमाडौँ: राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बोलाएर छलफल गर्न माग गरेका छन्।
सोमबार समितिको वार्षिक कार्ययोजनामाथि भएको छलफलका क्रममा सांसदहरूले आगामी आर्थिक वर्षको बजेट र सरकारको आर्थिक नीतिबारे अर्थमन्त्रीसँग प्रत्यक्ष संवाद गर्नुपर्ने बताएका हुन्।
जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधानअनुसार संसद्मा 'प्रि-बजेट' छलफलको तयारी भइरहेका बेला सांसद घनश्याम रिजालले यस्तो माग राखेका हुन्। त्यस्तै, नेकपा एमालेकी सांसद रेखा कुमारी झाले नयाँ सरकार गठनमा मधेशको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी बजेटमा मधेशलाई न्यायोचित प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।
सांसद सावित्री मल्लले पनि समान बजेट वितरणको विषयमा सरकारको योजना स्पष्ट हुनुपर्ने बताउँदै अर्थमन्त्रीसँगको छलफल आवश्यक रहेको उल्लेख गरिन्। उनले कर्णाली लगायत पछाडि पारिएका क्षेत्र र भूगोललाई लक्षित गरी सरकारले विशेष नीति तथा योजना ल्याउनुपर्ने माग समेत गरिन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।