सरकारका मन्त्रीहरुको सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग
२०८२ चैत्र ३० सोमवार
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारका मन्त्रीहरुले सार्बजनिक गरेको सम्पत्तिको स्रोत पनि खुलाउनुपर्ने बताएका छन् ।
काठमाण्डौ, ३० चैत्र । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारका मन्त्रीहरुले सार्बजनिक गरेको सम्पत्तिको स्रोत पनि खुलाउनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष साम्पाङले सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने त आयो तर अब त्यसको स्रोत पनि खुलाईदिए राम्रो हुने बताएका हुन् ।
उनले स्रोत बिनाको सम्पत्ति फेरी घुमाई फिराई भ्रष्टाचार गरेको भन्ने बुझिन्छ भन्दै स्रोत खुलाउन माग गरेका हुन् । उनले भनेका छन्- 'सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो ! अब त्यस्को स्रोत पनि खुलाइदिए राम्रो ! स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ ! स्रोत प्रष्टाइदिनु पर्छ ! जय देश !'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’