- प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिएका छन् ।
काठमाण्डौ, २९ चैत्र । प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहले पदभार ग्रहण गरे लगत्तै मोदीले बधाई सन्देशमार्फत भारत भ्रमणको निम्तो दिएको बताएका हुन् ।
मोरिससमा मन्त्री खनालले भारतीय सञ्चारमाध्यम वीअनसँगको कुराकानीमा मोदीले दिएको भ्रमणको निमन्त्रणा प्रधानमन्त्री बालेन्द्रले स्वीकार गरिसकेको बताएका हुन् ।
यद्यपी प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण कहिले हुन्छ भन्ने स्पष्ट भएको छैन । आन्तरिक गृहकार्य भइरहेको परराष्ट्र स्रोतले बताए पनि भ्रमणको मिति अहिले नै भन्न नसकिने बताइएको छ ।
मन्त्री खनाल भारतको विदेश मन्त्रालय, मोरिसस सरकार र इन्डिया फाउन्डेसनद्वारा आयोजित नवौं हिन्द महासागर सम्मेलन (आईओसी) मा सहभागी हुन मौरिसस पुगेका थिए । उनले शनिबार सो सम्मेलनलाई सम्बोधन गरिसकेका छन् । सो क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग समेत भेटवार्ता गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।