प्रधानमन्त्री बालेनलाई भारतसँग महाकाली र लिम्पियाधुरा-लिपुलेक बारे कुरा गर्न हर्क साम्पाङको सुझा

२०८२ चैत्र २९ आइतवार
सारांश
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई भारतसँग महाकालीमा सिमा अतिक्रमण बन्द गर्न र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाउने विषयमा कुरा गर्न आग्रह गरेका छन् ।

काठमाण्डौ, २९ चैत्र । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई भारतसँग महाकालीमा सिमा अतिक्रमण बन्द गर्न र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाउने विषयमा कुरा गर्न आग्रह गरेका छन् ।

 

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्री बालेनको भारत भ्रमणको समाचार बाहिरिएको भन्दै भारतसँग महाकालीमा सिमा अतिक्रमण बन्द गर्न र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाउने विषयमा कुरा गर्न आग्रह गरेका हुन् ।    

 

उनले भनेका छन्-

 

सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यु... तपाइँको भारत भ्रमण निकट भविष्यमै हुने भन्ने समाचार बाहिरिएको छ ! भ्रमण उपलब्धिमूलक रहोस् ! महाकालीमा सिमा अतिक्रमण बन्द गरियोस् र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाइयोस् ! यति भए पुग्छ अहिलेलाई !

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार