संविधानभित्र रहेर सरकारलाई रचनात्मक सहयोग गर्ने तर अधिकार खोसिए प्रतिवाद गर्ने : प्रचण्ड
२८ चैत्र, २०८२, शनिवार
- शनिबार पेरिसडाँडा मा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान र जनअधिकारमाथि कुनै प्रकारको हस्तक्षेप भएमा कडा प्रतिवाद गर्ने चेतावनी दिए।
काठमाडौं: पुष्पकमल दाहाल प्रचण्ड ले संविधानभित्र रहेर सरकारका काममा आफूहरूले रचनात्मक तथा सकारात्मक ढङ्गले सहयोग गर्ने बताएका छन्।
शनिबार पेरिसडाँडा मा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान र जनअधिकारमाथि कुनै प्रकारको हस्तक्षेप भएमा कडा प्रतिवाद गर्ने चेतावनी दिए।
उनले राष्ट्रिय हित र जनताको अधिकारमाथि आघात पुर्याउने गतिविधि भएमा आफूहरू सदनभित्र र सडक दुवै ठाउँबाट प्रतिवादमा उत्रिने स्पष्ट पारे।
‘नेपाल राष्ट्रको राष्ट्रिय हितमाथि कहीँ कतैबाट आँच आउन थाल्यो वा जनताले पाएका हक अधिकार खोस्ने जस्ता गतिविधि हुन थाले भने हामी त्यसको सदनभित्र र सडकबाट प्रतिवाद गर्छौं,’ प्रचण्डले भने।
उनका अनुसार अहिले सरकारले विद्यार्थी संगठन तथा कर्मचारी ट्रेड युनियनका अधिकारबारे प्रश्न उठाउन खोजिरहेको छ, जुन गलत अभ्यास हो।
संविधान संशोधनको विषयमा बोल्दै उनले आफूहरू संशोधनको विरोधी नभएको तर त्यो जनताको अधिकार बढाउने दिशामा हुनुपर्ने बताए।
‘संविधान संशोधन हामी विरोधी होइनौँ, तर त्यो महिलाहरूको अधिकार थप्न, जनतालाई थप अधिकार दिनका लागि हुनुपर्छ, खोस्नका लागि होइन,’ उनले भने।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।