उपसभामुखमा रास्वपाले धोका दियो- ज्ञानेन्द्र शाही

२७ चैत्र, २०८२, शुक्रवार
सारांश
  • प्रतिनिधि सभामा उपसभामुखमा सरस्वती लामाको प्रस्ताव पेश गर्दै शाहीले नयाँ दल र पुराना दल एकै ठाउमा जोडिएको आरोप लगाउदै उपसभामुखमा अंक गणितको खेल भएको दाबि गरेका छन् ।

काठमाडौँ: राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सत्तारुढ दल रास्वपाको प्रस्तावमै उपसभामुखमा उम्मेदवारी दिएको बताएका छन् ।

 

प्रतिनिधि सभामा उपसभामुखमा सरस्वती लामाको प्रस्ताव पेश गर्दै शाहीले नयाँ दल र पुराना दल एकै ठाउमा जोडिएको आरोप लगाउदै उपसभामुखमा अंक गणितको खेल भएको दाबि गरेका छन् ।

 

आफुहरु राजसंस्थाको पक्षमा रहेको स्पष्ट गर्दै उपसभामुख पद प्राप्त गर्न नलागेको तर रास्वपाबाट प्रस्ताव आएपछि मात्र आफुहरुले उम्मेदवारी दिएको स्पष्ट गरे ।

 

उनले युवा देशको उपसभामुख बन्न लागेकोमा राप्रपालाई कुनै आपत्ति नभएको बताउदै रास्वपाले दिएको धोकाका कारण आजको अवस्था आएको बताए । उनले उपसभामुखको निर्वाचनले राष्ट्रवादी शक्ति र आयातित व्यवस्थाबीच कित्ता काट भएको दाबि गरे । उनले असहमति हुदा हुदै पनि राष्ट्रका मुद्धाहरुमा सहकार्य गर्ने र राजनीतिमा आश्वासन र बोली जायज हुने रहेछ भन्ने सिकेको बताए ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार