प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

२०८२ चैत्र २७ शुक्रवार
सारांश
  • प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज दिउसो ४ बजे बस्ने बैठकले उपसभामुखको निर्वाचन गर्ने कार्यसूची रहेको छ ।

काठमाण्डौ, २७ चैत्र । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज दिउसो ४ बजे बस्ने बैठकले उपसभामुखको निर्वाचन गर्ने कार्यसूची रहेको छ । उपसभामुखमा राप्रपाबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गरेकि छिन् ।

 

त्यस्तै आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले संवत् २०८२ साल चैत २७ गते राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको छ ।

 

त्यस्तै बैठकमा सभामुखले राष्ट्रपतिबाट भएको सम्बोधनको लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।त्यस्तै, उपसभामुख पदको निर्वाचन कार्यक्रम अन्तर्गत शुरुमा ज्ञान बहादुर शाहीले सरस्वती लामालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन् भने सांसद ताहिर अलि भाट, खुश्बु ओली र भरत गिरीले समर्थन गर्ने छन् ।

 

त्यस्तै सांसद आरेन राईले सांसद रुबी कुमारीलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन् भने सांसद अशोक कुमार चौधरी र अम्बिका देवी संग्रौलाले समर्थन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार