राष्ट्रियसभाका विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले लिए शपथ

२०८२ चैत्र २५ बुधवार
सारांश
  • समितिका सभापतिहरुलाई राष्ट्रिय सभाका अध्यक्ष नारायाण प्रसाद दाहालले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

काठमाडौं: संघीय संसद्अन्तर्गत राष्ट्रियसभाका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

 

समितिका सभापतिहरुलाई राष्ट्रिय सभाका अध्यक्ष नारायाण प्रसाद दाहालले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

 

मंगलबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा पूजा चौधरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापतिमा जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाया निर्वाचित भएका थिए । 

 

राष्ट्रिय सभामा चार दलबीच भएको सहमति अनुसार एमालेबाट उपाध्यक्ष बनेपछि दुई समितिको सभापति नेपाली काँग्रेस तथा नेकपा र जसपा नेपालले एक एक सभापति पाउने गरी सहमति गरे अनुसार सभापति चयन भएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार