प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक कूटनीतिक संवादमा राजदूतहरू आउनेक्रम जारी

२०८२ चैत्र २५ बुधवार
सारांश
  • परराष्ट्रमन्त्री शिशिर खनालसहित आयोजना गरिएको उक्त संवाद कूटनीतिक मर्यादामा नयाँ अभ्यास स्थापित गर्ने उद्देश्यसहित तय गरिएको बताइएको छ ।

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् ।


परराष्ट्रमन्त्री शिशिर खनालसहित आयोजना गरिएको उक्त संवाद कूटनीतिक मर्यादामा नयाँ अभ्यास स्थापित गर्ने उद्देश्यसहित तय गरिएको बताइएको छ ।


भेटवार्ता आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । यसअघि भने प्रधानमन्त्री नियुक्त भएपछि विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने परम्परा रहेको थियो ।


यस सामूहिक भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहने जनाइएको छ । बैठकमा भारत, पाकिस्तान, बंगलादेश, इजरायल, अमेरिका तथा बेलायत लगायतका देशका राजदूतहरू सहभागी भएका गाडीहरू कार्यालय बाहिर देखिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार