शिक्षा क्षेत्रको सुधार पहिलो प्राथमिकता- शिक्षामन्त्री पोखरेल
२४ चैत्र, २०८२, मगलवार
- मंगलबार कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले देशभरको शिक्षा क्षेत्रको सुधारका लागि काम गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको सुधार पहिलो प्राथमिकता भएको बताएका छन् ।
मंगलबार कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले देशभरको शिक्षा क्षेत्रको सुधारका लागि काम गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
सरकारको प्रवक्ता समेत रहनुभएका शिक्षामन्त्री पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रको सुधार क्रमशः हुदै जाने बताए । पहिलो वर्ष प्राथमिकताका आधारमा शिक्षा र स्वास्थ्यमा सरकारले लगानी गर्ने उनको भनाई छ ।
उनले भने- 'विगतमा पहुँच कम भएका विद्यालय÷विश्वविद्यालयहरु बढी प्राथमिकतामा सरकारले राख्ने छ । आगामी पाँच बर्षभित्र क्रमशः हरेक क्षेत्रमा सुधार गर्दै जाने छौं । पुहँच कम भएका क्षेत्रमा लगानी र अनुदान पनि बढाइँने छ ।'
मन्त्री पोखरेलले सरकारको प्राथमिकताका विषयलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्न विश्वविद्यालयका पदाधिकारी र कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
उनले भने- 'अबको पाँच बर्ष नेपालका लागि टेष्ट पिरियड हो । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद सबै क्षेत्रको आ–आफ्नै महत्व छ । हामी सबै साझेदार भएर काम गर्नुपर्छ ।'
यसअघि आजै शिक्षामन्त्री पोखरेलले धनगढिस्थित फाप्ला क्रिकेट मैदानको निरीक्षण गर्नुका साथै खेलाडीहरुसँग अन्तरक्रियासमेत गरेका थिए । सो अवसरमा शिक्षामन्त्री पोखरेलले फाप्ला क्रिकेट रङ्गशालालाई विश्वसँग जोड्न राज्यले विशेष महत्व दिएको उल्लेख गरे ।
उनले भोलि बुधबार कैलालिको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सभा अर्थात् सिनेट बैठकको अध्यक्षता गर्ने तथा विभिन्न शैक्षिक तथा खेलकुद क्षेत्र अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।