विधिको शासन र नागरिक अधिकारका लागि सरकारलाई खबरदारी गर्ने एमालेको निर्णय
२०८२ चैत्र ६ सोमवार २३
- बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले नेता गुरु बरालले कानुनको परिपालना र विधिको शासनलाई प्रवलीकरण गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो।
काठमाडौँ: नेकपा एमालेले संसदमा विधिको शासन र संविधानप्रदत्त अधिकारको सुनिश्चितताका लागि सरकारलाई कडा रूपमा खबरदारी गर्ने भएको छ। संघीय संसद सचिवालयले आयोजना गरेको सर्वदलीय बैठकमा एमालेले यस्तो अडान राखेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले नेता गुरु बरालले कानुनको परिपालना र विधिको शासनलाई प्रवलीकरण गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो। "जहाँ कानुनको उल्लंघन हुन्छ र विधिको शासनमा प्रश्न उठ्छ, त्यहाँ एमालेले सशक्त आवाज बुलन्द गर्नेछ," उहाँले भन्नुभयो।
नेता बरालले नागरिकका मौलिक, राजनीतिक र समानताका हकहरूको सही प्रयोगमा सरकार बाधक बन्न नहुने उल्लेख गर्दै यदि सरकारले त्यस्ता अधिकारमा अवरोध सिर्जना गरे सदनमा कडा प्रतिवाद गर्ने चेतावनी समेत दिनुभयो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।