विधिको शासन र नागरिक अधिकारका लागि सरकारलाई खबरदारी गर्ने एमालेको निर्णय

२०८२ चैत्र ६ सोमवार २३
सारांश
  • बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले नेता गुरु बरालले कानुनको परिपालना र विधिको शासनलाई प्रवलीकरण गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो।

काठमाडौँ: नेकपा एमालेले संसदमा विधिको शासन र संविधानप्रदत्त अधिकारको सुनिश्चितताका लागि सरकारलाई कडा रूपमा खबरदारी गर्ने भएको छ। संघीय संसद सचिवालयले आयोजना गरेको सर्वदलीय बैठकमा एमालेले यस्तो अडान राखेको हो।

 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले नेता गुरु बरालले कानुनको परिपालना र विधिको शासनलाई प्रवलीकरण गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो। "जहाँ कानुनको उल्लंघन हुन्छ र विधिको शासनमा प्रश्न उठ्छ, त्यहाँ एमालेले सशक्त आवाज बुलन्द गर्नेछ," उहाँले भन्नुभयो।

 

नेता बरालले नागरिकका मौलिक, राजनीतिक र समानताका हकहरूको सही प्रयोगमा सरकार बाधक बन्न नहुने उल्लेख गर्दै यदि सरकारले त्यस्ता अधिकारमा अवरोध सिर्जना गरे सदनमा कडा प्रतिवाद गर्ने चेतावनी समेत दिनुभयो।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार