यस पटक बलियो प्रतिपक्ष भनेको जनता नै हुन् : सभामुख अर्याल
२२ चैत्र, २०८२, आइतवार
- उनले नीति नियमहरु राम्रो बनाउने कुरामा अग्रसर हुने प्रतिबद्धता जनाए । प्रतिपक्षबाट एकैजनाले मात्र चासो दिएपनि उनीहरुको सम्मान र उनीहरुले उठाएको विषय राम्रोसँग प्रस्तुत हुनेपनि उनको प्रतिबद्धता छ ।
काठमाडौं: नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पदवहाली गरेका छन् । आइतबार पद तथा गोपनियताको शपथ लिएसँगै पदवहाली गरेका हुन् ।
पदवहालीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यसपालीको बलियो प्रतिपक्ष भनेको जनता नै भएको बताए ।
प्रतिपक्षमा एकजना मात्रै भएपनि बलियो हुने बताउँदै उनले सदन भनेको प्रतिपक्षकै हुनुपर्छ भन्ने कुरालाई आफूले बुझेको धारणा राखे ।
उनले भने, ‘यसपालीको बलियो प्रतिपक्ष भनेको जनता हुनुहुन्छ । २०८२ को यस वर्षको निर्वाचन विशेष निर्वाचन हो । विगतमा भएका कयौं निर्वाचन र भविष्यको निर्वाचन भन्दा यो फरक हो । अहिलेको संसद म्यान्डेटबाट आएको हो । म सभामुखको हैसियतमा बस्दैगर्दा यसपटकको बलियो प्रतिपक्ष जनता नै हुन् भन्ने लाग्छ । प्रतिपक्षमा एकजना मात्र किन नहोस् प्रतिपक्ष नै हो । उहाँहरु बलियो नै हुनेछन् । सदन भनेको प्रतिपक्षकै हुनुपर्छ भन्ने कुरा बुझेको छु ।’
उनले नीति नियमहरु राम्रो बनाउने कुरामा अग्रसर हुने प्रतिबद्धता जनाए । प्रतिपक्षबाट एकैजनाले मात्र चासो दिएपनि उनीहरुको सम्मान र उनीहरुले उठाएको विषय राम्रोसँग प्रस्तुत हुनेपनि उनको प्रतिबद्धता छ ।
‘सरकारले नीति नियमहरु राम्रो बनाउँछ । प्रतिनिधिसभा र हामीले गर्ने काम भनेको कानुन बनाउने हो । त्यसैले कानुन बनाउने कुरामा अग्रसर हुन्छौं । प्रतिपक्षबाट एकैजनाले मात्र चासो किन नदियोस् उहाँहरुको सम्मान र विषय कसरी उठान गर्नुपर्छ त्यसमा राम्रोसँग प्रस्तुत हुनेछु ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।