स्वर्णिम वाग्लेले संसदमा सम्झिए पूर्व सभामुख भट्टराई, ढुंगाना र नेम्वाङ

२०८२ चैत्र २२ आतावार
सारांश
  • सभामुखमा डोलप्रसाद अर्याललाई प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा पुर्व सभामुखहरुले स्थापित गरेको मानकलाई अझ माथि उठाउन शुभकामना दिएका थिए ।

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाको बैठकमा पूर्व सभामुख कृष्णप्रसाद भट्टराईदेखि सुबास नेम्वाङसम्मलाई सम्झिएका छन् ।

 

सभामुखमा डोलप्रसाद अर्याललाई प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा पुर्व सभामुखहरुले स्थापित गरेको मानकलाई अझ माथि उठाउन शुभकामना दिएका थिए ।

 

डा. वाग्लेले २०१५ सालका सभामुख कृष्णप्रसाद भट्टराई, २०४८ सालपछि सभामुख बनेका दमननाथ ढुङ्गाना र २०६५ सालपछि संक्रमणकालमा भूमिका निर्वाह गरेका सुवासचन्द्र नेम्वाङलाई सम्झिदै उनीहरूले स्थापित गरेको निष्पक्षता र सन्तुलनको मानकलाई अर्यालले निरन्तरता दिनेमा विश्वास व्यक्त गरेका छन् ।

 

उनले दलीय आबद्धताभन्दा माथि उठेर तटस्थ रूपमा प्रतिनिधि सभा सञ्चालन गर्ने विश्वास व्यक्त गर्दै अर्यालले विगतका सभामुखहरूले स्थापित गरेका मानकलाई अझ सुदृढ बनाउने अपेक्षा आफूले राखेको बताए ।

 

आइतबारको प्रतिनिधि सभा बैठकमा सभामुखमा अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएसँगै उनी नयाँ सभामुखमा निर्वाचित भएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार