ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट 'हेर्दा हेर्दै' मा

२२ चैत्र, २०८२, आइतवार
सारांश
  • आज दुवै रिट सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा पेशी तोकेर सुनुवाई भएको थियो ।

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ ।

 

आज दुवै रिट सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा पेशी तोकेर सुनुवाई भएको थियो ।

 

आज सुनुवाई नसकिएपछि यो रिट हेर्दा हेर्दैमा राखिएको छ । आज निवेदक पक्षका वकिलको बहस सकिएको छ भने अब भोली सरकार पक्षका वकिलको बहस हुने भएको छ ।

 

यसअघि अलग अलग इजलासले जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ पेश गरिसकेकाले आजदेखि संयुक्त इजलासमा सुनुवाइ शुरु भएको हो । 

 

भदौ २३ र २४ गतेको आन्दोलनको जाँचबुझ समितिको सिफारिसका आधारमा ओली र लेखक चैत १४ गते पक्राउ परेका थिए ।

 

अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार