सभामुखको मनोनयन दर्ता आज हुँदै

२०८२ चैत्र २० शुक्रवार
सारांश
  • प्रतिनिधि सभाको सभामुखको मनोनयन दर्ता आज हुँदैछ ।

काठमाण्डौ, २० चैत्र । प्रतिनिधि सभाको सभामुखको मनोनयन दर्ता आज हुँदैछ ।

 

संघीय संसद सचिवालयले सार्बजनिक गरेको निर्वाचनको कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म संसद सचिवालयमा सभामुखको उम्मेदवारको मनोनयन दर्ता हुने छ । त्यस्तै आजै दिउसो साढे २ बजे उम्मेदारको नाम प्रकाशित हुने छ भने चैत्र २२ गतेको प्रतिनिधि सभाको बैठकमा सभामुखको निर्वाचनको प्रस्ताव पेश हुने सचिवालयले जनाएको छ ।

 

सचिवालयका अनुसार सभामुखको निर्वाचन चैत्र २२ गते आइतबार बिहान ११ बजेको प्रतिनिधि सभाको बैठकमा हुने जानकारी दिएको छ ।

 

प्रतिनिधि सभामा रास्वपाको बहुमत रहेकाले रास्वपाले अगाडी सारेका उपसभापति डिपी अर्याल सभामुख बन्ने निश्चित रहेको छ ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार