हामीले दलितहरुमाथि गरेको माफीको मूल्य न्यायले निर्धारण गर्छ स्रवि लामिछाने

१९ चैत्र, २०८२, बिहिवार
सारांश
  • बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफ्ना मित्र खगेन्द्र सुनार निर्वाचित भएर सदनमा आएको प्रसंग उठाउँदै चुनावी दौडका क्रममा आएका विवादबारे उल्लेख गरे ।

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायमाथि भएको ऐतिहासिक अन्यायप्रति सरकारको तर्फबाट सार्वजनिक रूपमा माफी मागेका छन् ।

 

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफ्ना मित्र खगेन्द्र सुनार निर्वाचित भएर सदनमा आएको प्रसंग उठाउँदै चुनावी दौडका क्रममा आएका विवादबारे उल्लेख गरे ।

 

उनले भने, ‘मेरा मित्र खगेन्द्र सुनार निर्वाचित भएर यहाँ आउनु भएको छ । चुनावी दौडमा रहँदा उहाँका विषयमा विवाद आयो । थाहा छैन, उहाँले गल्ती गर्नुभयो या भएन । तर उहाँले माफी माग्नुभयो । उहाँले गल्ती गर्नुभयो कि गर्नुभएन भन्ने अन्योलबीच पनि उहाँले छिट्टै माफी माग्नुभयो ।’

 

लामिछानेले त्यसलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै सिङ्गो देशलाई सम्बोधन गर्दै भने, ‘खगेन्द्र सुनारहरु माथि युगौंयुगसम्म गरेको अन्यायको लागि हामीले माफी माग्यौं ।’

 

उनले सदनबाट पहिलोपटक सामूहिक रूपमा ऐतिहासिक विभेदप्रति क्षमायाचना गरिएको दाबी गरे ।


उनले भने, ‘यो केवल सामाजिक गल्ती थिएन, संगठित अपराध थियो ।’

 

उनका अनुसार शताब्दीयौँदेखि सीप भएका समुदायलाई अछूत ठान्ने प्रवृत्तिले देशको विकासमा अवरोध सिर्जना गरेको थियो । उनले अब जातका आधारमा कसैले पनि झुक्न नपर्ने उल्लेख गर्दै सरकारको तर्फबाट पुनः माफी मागेका हुन् ।

 

‘यो देश किन बनेन थाहा छ । किनकी जसका हातमा सिप थियो तिनलाई हामीले अछुत मान्यौं । अब कुनैपनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन । म सिङ्गो पार्टी, सम्माननीय प्रधानमन्त्रीज्यू र सरकारको तर्फबाट माफी माग्छु ।’

 

उनले माफीको मूल्य न्यायले निर्धारण गर्ने पनि बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार