इरानको सय बर्ष पुरानो चिकित्सा अनुसन्धान केन्द्रमा आक्रमण

१९ चैत्र, २०८२, बिहिवार
सारांश
  • आक्रमणपछि सार्वजनिक भएका तस्बिरमा भवनका धेरै भाग क्षतिग्रस्त देखिएका छन् भने केही भाग पूर्ण रूपमा भग्नावशेषमा परिणत भएका छन् । इरानले घटनाको कडा निन्दा गर्दै यसलाई नागरिक संरचनामाथिको आक्रमण भनेको छ ।

काठमाडौँ: इरानको राजधानी तेहरानमा करिब १०० वर्ष पुरानो चिकित्सा अनुसन्धान केन्द्रमा आक्रमण भएको छ । इरानको स्वास्थ्य मन्त्रालयका अनुसार ‘पाश्चर इन्स्टिच्युट अफ इरान’ लक्षित आक्रमणमा परेको हो, जसबाट भवनमा गम्भीर क्षति पुगेको छ ।

 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता हुसैन केरमनपोरले यसलाई विश्व स्वास्थ्य प्रणालीमाथिको सीधा आक्रमण भएको बताएका छन् । सन् १९२० मा स्थापना भएको उक्त संस्थाले इरानमा चिकित्सा अनुसन्धान र औषधि विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको उनले जनाएका छन् ।

 

आक्रमणपछि सार्वजनिक भएका तस्बिरमा भवनका धेरै भाग क्षतिग्रस्त देखिएका छन् भने केही भाग पूर्ण रूपमा भग्नावशेषमा परिणत भएका छन् । इरानले घटनाको कडा निन्दा गर्दै यसलाई नागरिक संरचनामाथिको आक्रमण भनेको छ ।

 

यसैबीच जारी द्वन्द्वमा हालसम्म इरानका दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । इजरायलमा २४ जनाको ज्यान गएको छ भने क्षेत्रमा १३ जना अमेरिकी सैनिकको पनि मृत्यु भएको बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार