- बुधबार संघीय संसद् सचिवालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनको कार्यसूची तय गरको हो ।
काठमाडौं: प्रतिनिधिसभाको सभामुख चयनको कार्यसूची तय गरिएको छ ।
बुधबार संघीय संसद् सचिवालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनको कार्यसूची तय गरको हो ।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सभामुखको मनोनयन दर्ता चैत २० गते र निर्वाचन २२ गते गर्ने सहमति भएको छ ।
यस्तै, बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा शुभकामना दिने, सभामुखको निर्वाचनको तालिका प्रस्तुत गर्ने तय भएको छ ।
रास्वपाले उपसभापति डिपी अर्याललाई सभामुख बनाउने तयारी गरेको छ । उपसभामुखको निर्वाचन भने सभामुखको चयन पछि मात्र हुने छ । संबैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था रहेको छ ।
सभामुखको चयन नहुदासम्म बैठकको अध्यक्षता जेष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्ने भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।