कांग्रेसको देउवा पक्षको केन्द्रीय समितिको बैठक आजपनि बस्दै

२०८२ चैत्र १८ बुधवार
सारांश
  • नेपाली कांग्रेसको देउवा पक्षको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।

काठमाण्डौ, १८ चैत्र । नेपाली कांग्रेसको देउवा पक्षको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।

 

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक मंगलबार शुरु भएको बैठक आज पनि धुम्बाराहीको होटल स्मार्टमा बस्न लागेको हो ।

 

मंगलबारको बैठकमा निर्वाचन र पार्टीले प्राप्त गरेको मत परिणाम, १५औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी बारे छलफल भईरहेको काँग्रेस नेता मान बहादुर नेपालीले जानकारी दिएका छन् ।

 

बैठकमा करिब ८३ जना केन्द्रीय सदस्यको सहभागिता रहेको छ भने पहिलो दिन १५ जनाले आफ्नो धारणा राखेका थिए ।

 

विशेष महाधिवेशन पक्षधर समुहले महाधिवेशनको मिति घोषणा गरेर अगाडी बढेपछि देउवा पक्षले समानान्तर गतिविधि अगाडी बढाएको हो ।

 

यसआघ देउवापक्षले सोमबार नवनिर्वाचित सांसदहरुलाई स्वागत कार्यक्रम आयोजना गरेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार