एमाले संसदीय दलको नेतामा राम बहादुर थापा चयन

१८ चैत्र, २०८२, बुधवार
सारांश
  • निर्वाचनबाट नेता छान्ने प्रक्रियामा सुहाङ नेम्वाङले उम्मेदवारी नदिएपछि थापा दलको नेता चयन भएका हुन् ।

काठमाडौं: नेकपा एमाले संसदीय दलको नेतामा राम बहादुर थापा चयन भएका छन् ।

 

निर्वाचनबाट नेता छान्ने प्रक्रियामा सुहाङ नेम्वाङले उम्मेदवारी नदिएपछि थापा दलको नेता चयन भएका हुन् । 

 

यस अघि संसदीय दलको नेताका लागि पार्टी उपाध्यक्ष रामबहादुर थापा र युवा नेता सुहाङ नेम्वाङबीच प्रतिस्पर्धा हुने बताइएको थियो ।

 

उपाध्यक्ष रहेका रामबहादुर थापालाई सर्वसम्मत बनाउन युवा नेता सुहाङ नेम्वाङले अस्वीकार गरेपछिचुनावी प्रक्रिया शुरु गरिएको भए पनि सुहाङले उम्मेदवारी नदिएपछि थापा निर्बिरोध भएको मतदान अधिकृत निरज आचार्यले जानकारी दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार