लेटरहेड दुरुपयोग नगर्न पूर्णबहादुर खड्कालाई काँग्रेस अनुशासन समितिको चेतावनी
१८ चैत्र, २०८२, बुधवार
- बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफूसँग नभएको जम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारी रहेको वक्तव्य जारी गर्ने काम भएको भन्दै लेटरहेड दुरुपयोग गरे कारवाही गर्ने चेतावनी दिएको हो ।
काठमाडौं: नेपाली कांग्रेसले पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफूसँग नभएको जम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारी रहेको वक्तव्य जारी गर्ने काम भएको भन्दै लेटरहेड दुरुपयोग गरे कारवाही गर्ने चेतावनी दिएको हो ।
केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले अब उप्रान्त लेटरहेड दुरुपयोग गर्ने काम भए कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको जानकारी दिए ।
यसअघि नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखक पक्राउको विरोध गर्दै प्रतिवाद गर्ने बताएका थिए ।
त्यस्तै बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा अनुशासन उल्लघंन गरिएको भनी प्राप्त ५०७ उजुरीलाई वर्गीकरण गरी अविलम्व टुंगोमा पुर्याउने निर्णय गरेको छ भने छानविनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लघंन गरेको भनी आरोप लागेका व्यक्तिहरुबाट सात दिनभित्र स्पष्टीकरण माग गर्ने निर्णय भएको संयोजक गुरुङले जानकारी दिए ।
बैठकले प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्तभित्र पठाउन निर्देशन जारी गरेको छ । तत्पश्चात प्राप्त हुन आएका उजुरी उपर कुनै कारवाही नहुने अनुशासन समितिले स्पष्ट गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’