भेलामा पूर्णबहादुरले भने- समानुपातिक सांसद छान्दा विशेष महाधिवेशनवालाले अन्याय गरे
२०८२ चैत्र १७ मङ्गलवार
- विशेष महाधिवेशन पक्षधर नेताहरूले आफ्ना निकटका व्यक्तिहरूलाई सांसद बनाउनका लागि स्थापित नियम र विधानको ठाडो उल्लंघन गरेको उनको आरोप छ।
नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले समानुपातिक सांसद चयनको विषयलाई लिएर पार्टीभित्र गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
विशेष महाधिवेशन पक्षधर नेताहरूले आफ्ना निकटका व्यक्तिहरूलाई सांसद बनाउनका लागि स्थापित नियम र विधानको ठाडो उल्लंघन गरेको उनको आरोप छ। सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको भेलालाई सम्बोधन गर्ने क्रममा खड्काले पार्टीका पदाधिकारीहरूले स्वेच्छाचारी ढंगले नामहरू फेरबदल गरेर निष्ठावान कार्यकर्तामाथि अन्याय गरेको बताए।
खड्काका अनुसार विशेष महाधिवेशन पक्षका नेताहरूले पिछडिएको क्षेत्रबाट पहिलो नम्बरमा सिफारिस भएकी विद्या तिमिल्सिनाको नाम हटाएर सम्बन्धित कलस्टरमै नभएका व्यक्तिलाई प्राथमिकता दिएका छन्। खस आर्य कोटाको सातौं नम्बरमा रहेका कालीबहादुर सहकारीलाई ल्याएर योग्य र पहिलो प्राथमिकतामा रहेका उम्मेदवारलाई पाखा लगाइएको भन्दै उनले आपत्ति जनाए। यसैगरी, दलित कोटाको समानुपातिक सूचीमा पहिलो स्थानमा रहेका मानबहादुर नेपालीलाई समेत नेतृत्वले योजनाबद्ध रूपमा अन्याय गरेको खड्काको दाबी छ।
पार्टीभित्रै विधिको शासन मिचिएको र पहुँचका भरमा नामहरू फेरबदल गरिएको भन्दै खड्काले कडा आलोचना गरे। उनले यसरी अन्यायमा परेका नेताहरू चुप लागेर नबसी न्यायका लागि कानुनी उपचार खोज्दै अदालतको ढोका ढकढकाउन पुगेको समेत जानकारी दिए। नेतृत्वले आफ्नो गुट व्यवस्थापन गर्न खोज्दा पार्टीको आन्तरिक लोकतन्त्र र न्याय प्रणालीमा गम्भीर प्रश्न उठेको उनको ठम्याइ छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।