गृहमन्त्री गुरुङले गरे प्रहरी प्रधान कार्यालयको निरिक्षण

१६ चैत्र, २०८२, सोमवार
सारांश
  • गृहमन्त्री गुरूङले नागरिकसँगको सम्बन्ध सुदृढ बनाउँदै शिष्ट व्यवहारसहित सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । साथै, विपद् व्यवस्थापन र शान्ति सुरक्षामा प्रहरीको भूमिका अझ सुदृढ बनाउन आवश्यक साधनस्रोत र तालिमको व्यवस्था गरिने पनि बताए ।

काठमाडौँ: गृहमन्त्री सुदन गुरूङले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन् ।

 

सोमबार निरीक्षणका क्रममा उनले विभिन्न शाखा, प्रयोगशाला र सेवा इकाइको अवलोकन गर्दै प्रहरीको कार्यसम्पादनबारे जानकारी लिएका थिए । उनले सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरीले जिम्मेवारी प्रभावकारी रूपमा निभाइरहेको उल्लेख गर्दै आगामी दिनमा अझ निर्धक्क र व्यावसायिक ढंगले काम गर्न निर्देशन दिए ।

 

गृहमन्त्री गुरूङले नागरिकसँगको सम्बन्ध सुदृढ बनाउँदै शिष्ट व्यवहारसहित सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । साथै, विपद् व्यवस्थापन र शान्ति सुरक्षामा प्रहरीको भूमिका अझ सुदृढ बनाउन आवश्यक साधनस्रोत र तालिमको व्यवस्था गरिने पनि बताए ।

 

कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी संगठनलाई प्रविधिमैत्री, जनमुखी र उत्तरदायी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्रीबाट प्राप्त निर्देशनले प्रहरीको मनोबल बढ्ने विश्वास व्यक्त गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार