प्रधानमन्त्री बालेनले बोलाएको बैठकमा हर्क साम्पाङ नजाने, संसद बैठक बोलाउन माग

२०८२ चैत्र १६ सोमवार
सारांश
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा जान अस्वीकार गरेका छन् ।

काठमाण्डौ, १६ चैत्र । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा जान अस्वीकार गरेका छन् ।

 

आइतबार साँझ प्रधानमन्त्री बालेनले श्रम संस्कृति पार्टीलाई भेटका लागि बोलाएको विषयमा साम्पाङले आफुहरु कोठे बैठकमा नआउने र आफ्ना कुरा संसदमै राख्ने भन्दै छिटो संसद बैठक बोलाउन माग गरेका छन् ।

 

सत्ता पक्षले प्रतिपक्षको प्रश्नको जवाफ दिनुपर्ने र त्यो जवाफ कोठे बैठकमा होइन संसदमै जिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री बालेनले आज विभिन्न दलका सांसदहरुसँग छलफल शुरु गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार