अदालतले दिएन महेश बस्नेतलाई पक्राउ अनुमति

१६ चैत्र, २०८२, सोमवार
सारांश
  • प्रहरीले शोभा पाठकको निवेदनमा अदालतमा सोमबार बस्नेतलाई पक्राउ गर्न मागेको अनुमति जिल्ला अदालत काठमाडौँले अस्वीकार गरेको थियो ।

काठमाडौँ: नेकपा एमालेका सचिव महेश बस्नेतले जिल्ला अदालत काठमाडौँले आफुलाई पक्राउ गर्न अनुमति दिन अस्वीकार गरेको विषय स्वागतयोग्य भएको बताएका छन् ।

 

प्रहरीले शोभा पाठकको निवेदनमा अदालतमा सोमबार बस्नेतलाई पक्राउ गर्न मागेको अनुमति जिल्ला अदालत काठमाडौँले अस्वीकार गरेको थियो ।

 

नेता बस्नेतले अदालतले अस्वीकार गरेको कदम स्वागतयोग्य भएको बताउदै निरंकुस बालेन सरकार र कथित गृहमन्त्रीको निर्देशनमा अराजक तत्वलाई उचालेर झुटा मुद्धा लगाउँदै काठमाडौँ जिल्ला प्रहरीले सरकारी वकिलमार्फत पक्राउ प्रक्रिया अघि बढाएको फाइलमा काठमाडौँ जिल्ला अदालतले पक्राउ नगर्न आदेश दिएको उल्लेख गरेका छन् ।

 

उनले प्रतिशोधको राजनीतिविरुद्ध न्यायालयले चालेको यो कदम स्वागतयोग्य भएको टिप्पणी गरेका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार