गाउँपालिका अध्यक्षसहित तीन जनाविरूद्व सामुहिक बलात्कारको मुद्दा दर्ता

२०८२ चैत्र १६ सोमवार
सारांश
  • ‘भैरहवा १५’ नामकी युवतीको जाहेरीका आधारमा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो।

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीसहित तीन जनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले नाम परिवर्तन ‘भैरहवा १५’ नामकी युवतीको जाहेरीका आधारमा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो।

 

मुद्दा दर्ता भएका अन्य व्यक्तिहरूमा राजेश्वर चौधरी र सन्तकुमार यादव रहेका छन्। आरोपितमध्ये सन्तकुमार यादव हाल पुर्पक्षका लागि रूपन्देही कारागारमा छन् भने अध्यक्ष चौधरी र राजेश्वर फरारको सूचीमा रहने सम्भावनासँगै चौधरीको पद समेत जोखिममा परेको छ।

 

पीडित युवतीले २०८१ असोज ६ गते आफूमाथि सामूहिक बलात्कार भएको भन्दै किटानी जाहेरी दिएकी थिइन्। यसअघि पीडितको गोपनीयता भङ्ग गरेको आरोपमा साइबर अपराध मुद्दामा पक्राउ परेका चौधरीलाई तत्कालीन सरकारी वकिल कार्यालयले राजनीतिक दबाबमा उन्मुक्ति दिएको आरोप लागेको थियो। इलाका प्रहरी कार्यालय बुटवलले पूरक जाहेरी लिन अस्वीकार गरेपछि पीडितले अदालतमा रिट दायर गरेकी थिइन्, जसको आदेशपछि मात्रै यो मुद्दा अघि बढेको हो।

 

यता, अध्यक्ष चौधरीले भने आफूलाई फसाइएको दाबी गरेका छन्। उनले सामाजिक र कानुनी लडाइँ लड्ने बताउँदै आफूले भागेकी छोरी फेला पार्न सहयोग गर्दा उल्टै षड्यन्त्रपूर्वक मुद्दा हालिएको जिकिर गरेका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार