सडकमा उत्रियो एमाले, काठमाडौँमा प्रदर्शन

२०८२ चैत्र १४ शनिवार
सारांश
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेता तथा कार्यकर्ता सडकमा उत्रिन शुरु गरेका छन् ।

काठमाण्डौ, १४ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेता तथा कार्यकर्ता सडकमा उत्रिन शुरु गरेका छन् ।

 

काठमाडौँका विभिन्न क्षेत्रमा एमालेका नेता कार्यकर्ताले झन्डासहित उपस्थित भएर विरोध प्रदर्शन र नाराबाजी गरेका छन् । काठमाडौँको चाबहिल चोकमा एमाले कार्यकर्ताले नाराबाजी र प्रदर्शन गर्दै ओलीको रिहाइको माग गरेका छन् ।

 

यसैबीच ओली पक्राउ परेपछि रणनीति तय गर्न एमालेको केन्द्रीय सचिवालयको बैठक आकस्मिक रुपमा च्यासलमा जारी रहेको छ । बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने बताइएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार