ओली पक्राउको विरोधमा माइतीघरमा दिउँसो ३ बजे प्रदर्शन हुँदै
१४ चैत्र, २०८२, शनिवार
- एमाले सचिव महेश बस्नेतका अनुसार अपराह्न ३ बजे माइतीघरमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन हुने भएको हो ।
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा आज दिउँसो ३ बजे माइतीघरमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन हुने भएको छ ।
एमाले सचिव महेश बस्नेतका अनुसार अपराह्न ३ बजे माइतीघरमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन हुने भएको हो ।
एमालेको सचिवालय बैठकले भोली सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र बुझाएर आन्दोलनको शुरुवात गर्ने निर्णय गरेपनि भातृ संगठनहरुले भने आजदेखि नै प्रदर्शन गर्ने भएका छन ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजत्वको आयोगले दिएको सिफारिसको आधारमा सरकारको निर्णय अनुसार प्रहरीले शनिबार बिहान ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।