नेकपाको सरकारलाई आग्रह- राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस्

१४ चैत्र, २०८२, शनिवार
सारांश
  • कुनै पनि कदम चाल्दा विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उलंघन नगर्न आग्रह गरेको हो ।

काठमाडौँ: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारलाई कुनै पनि कदम चाल्दा विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उलंघन नगर्न आग्रह गरेको छ ।

 

पार्टी केन्द्रीय कार्यालयको तर्फबाट गणेशमान पुनले विज्ञप्ती जारी गर्दै  बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएको र उनको नेतृत्वमा मन्त्रिपरिषद गठन भएकोमा बधाई ज्ञापन गर्दै  कुनै पनि कदम चाल्दा विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उलंघन नगर्न आग्रह गरेको हो ।

 

साथै पुनले सरकारले मन्त्रिपरिषदको पहिलो बैठकबाट भाद्र २३ र २४ गतेको घटनाको छानविन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा चालेको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उलंघन नगरोस् र राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस् भन्ने आग्रह गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार