वालेन्द्र साहले आज प्रधानमन्त्रीको शपथ लिँदै

२०८२ चैत्र १३ शुक्रवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन् ।

काठमाण्डौ, १३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन् ।

 

बालेन शाहले आज दिउँसो १२: ३४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा प्रधानमन्त्रीको रूपमा शपथ लिने शुभ साइत निकालिएको छ । शपथपछि उनी दिउँसो २: १५ बजे सिंहदरबार जाने कार्यक्रम तय गरिएको छ । बालेनको शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १०८ जना बौद्ध भिक्षुबाट शुभ मंगलपाठ गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

 

बालेनसँगै आज रास्वपाबाट मन्त्री बन्ने सबैले शपथ लिने बताइएको छ, यद्यपी मन्त्रीको संख्या नाम बारे अहिलेसम्म स्पष्ट भएको छैन ।

 

रास्वपाले विहिवार बालेनलाई संसदीय दलको नेता चयन गरेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार