प्रतिपक्षमा रहेर प्रश्न गर्ने र सरकारलाई समर्थन गर्ने छौँ : हर्क साम्पाङ
२०८२ चैत्र १२ विहिवार
- शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुगेका साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने र सरकारलाई समर्थन गर्ने बताए ।
काठमाडौं: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज हर्क साम्पाङले सरकारलाई सघाउने पक्षेमा रहेको बताएका छन् ।
शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुगेका साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने र सरकारलाई समर्थन गर्ने बताए ।
उनले भने, ‘सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने छौँ । सहयोग गछै्र । सरकाले गर्नु पर्ने काम त्यसलाई प्रतिपक्षमा रहेर सहयोग गर्ने छैँ । देशलाई सघाउने पक्षेमा रहेको छैँ ।’
राजनीति गर्ने मान्छेले सर्वोच्च पदमा पुग्ने उद्देश्य राख्नुपर्ने भएकाले भावी प्रधानमन्त्रीको रूपमा आफूलाई अघि सारेको उनले बताए ।
उनले भने, ‘राजनीति गर्ने मान्छेले सर्वोच्च स्थानमा पुग्ने उद्देश्य राख्छ, राख्नुपर्छ। यसलाई अन्यथा मान्नुभएन। पार्टीको अध्यक्ष भएको नाताले सबै अरूले पनि भनेको हो त्यसमा मैले पनि भनेँ त्यसमा ठुलो कुरा छ र जनताले जे निर्णय गर्नुभयो यसलाई हामीले सहर्ष स्विकार्नुपर्छ सम्मान गर्नुपर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।