कानुन तथा नियमावली बनाउने काम कर्मचारीले होइन सांसद र विज्ञले गर्नुपर्छ- महावीर पुन
२०८२ चैत्र १२ विहिवार
- उनले अहिलेसम्म कानुन बनाउने अधिकांश काम उपसचिव र सहसचिवहरुले गर्छन जसले दुरदृष्टि भएका नेताहरु र विज्ञहरुको कुरा पटक्कै नसुन्ने दाबि गरेका छन् ।
काठमाण्डौ, १२ चैत्र । सांसद महावीर पुनले कर्मचारीहरुले अरुका कुरा पटक्कै नसुन्ने हुनाले ऐन कानुन तथा नियमावलीहरु बनाउने काम सांसद र सम्बन्धित क्षेत्रका विज्ञहरुले गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै पुनले आउने दिनहरुमा ऐन कानुन तथा नियमावलीहरु बनाउने काम दुरदृष्टि भएका सासंदहरु र सम्बन्धित क्षेत्रका विज्ञहरुले गर्नुपर्ने र कर्मचारीले त्यसलाई कानुनको ढाँचामा मिलाउने मात्र गर्नुपर्ने बताएका छन् ।
उनले अहिलेसम्म कानुन बनाउने अधिकांश काम उपसचिव र सहसचिवहरुले गर्छन जसले दुरदृष्टि भएका नेताहरु र विज्ञहरुको कुरा पटक्कै नसुन्ने दाबि गरेका छन् । देशमा कर्मचारीतन्त्र हावी हुनुको प्रमुख कारण यहि भएको बताउदै सांसद पुनले आफैले धेरै पटक भोगेको यो तितो अनुभव रहेको उल्लेख गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’