- शपथ ग्रहण लिन सांसदहरुलाई औपचारिक र आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थिति भएका थिए ।
काठमाडौं: प्रतिनिधि सभाका नवनिर्वाचित संसद सांसदहरुको पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यलाई आज शपथ गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रम निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा भएको हो । यसअघि जेष्ठ सांसद केसीले बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका थिए ।
शपथ ग्रहण लिन सांसदहरुलाई औपचारिक र आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थिति भएका थिए ।
संघीय संसद सचिवालयका अनुसार नव निर्वाचित सांसदहरुमध्ये ४७ जनाले मातृभाषामा शपथ ग्रहण गरेका छन् । जसमा १७ जनाले मैथिली भाषमा थपथ ग्रहण गरेका छन् । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था रहेको छ ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रत्यक्षतफ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएका थिए । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा एमालेले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राप्रपाले ५ सिट जितेका छन् । त्यस्तै एक सिटमा स्वतन्त्र सांसद महावीर पुन विजयी भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।