निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु लोकतन्त्रका लागि ऐतिहासिक उपलब्धि- प्रधानमन्त्री कार्की
२०८२ चैत्र ११ बुधवार
- प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सम्पन्न भएको अवसरमा आयोजित जलपान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु लोकतन्त्रका लागि ऐतिहासिक उपलब्धि भएको बताएकी छन् ।
काठमाण्डौ, ११ चैत्र । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सम्पन्न भएको अवसरमा आयोजित जलपान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु लोकतन्त्रका लागि ऐतिहासिक उपलब्धि भएको बताएकी छन् ।
कार्यक्रममा उनले निर्वाचन आयोगको नेतृत्व र समग्र टोलीलाई धन्यवाद दिँदै चुनौतीपूर्ण परिस्थितिमा पनि तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको बताएकी थिइन् ।
प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेपछि देश जटिल अवस्थाबाट गुज्रिरहेको स्मरण गर्दै त्यही अवस्थाबीच निर्वाचन सम्पन्न गर्नु सजिलो नभएको बताउदै सुरक्षा अवस्था संवेदनशील रहेको, राजनीतिक संवाद कमजोर भएको र कानुनी अन्योल रहेको अवस्थामा सरकारले ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता पूरा गरेको उनले उल्लेख गरेकी थिइन् ।
उनका अनुसार यस निर्वाचनले लोकतान्त्रिक मूल्य-मान्यता सुदृढ गर्नुका साथै स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा जनताले स्पष्ट सन्देश दिएका छन् ।
निर्वाचन प्रक्रियामा नयाँ अभ्यासहरू अपनाइएको उल्लेख गर्दै उनले मतदाता नामावलीमा थप अवसर दिइएको, राष्ट्रिय परिचयपत्रसँग प्रणाली जोडिएको, सामग्री पुनः प्रयोग गरिएको र सकेसम्म स्वदेशी सामग्री प्रयोग गरिएको जानकारी दिइन्। यसले मितव्ययिता र पारदर्शितामा पनि नयाँ उदाहरण स्थापित गरेको उनको भनाइ छ ।
प्रधानमन्त्री कार्कीले निर्वाचन खर्च पारदर्शी बनाउन अलग बैंक खाता सञ्चालन, सामाजिक सञ्जालको निगरानी र आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको पनि बतादै बलियो सुरक्षा व्यवस्थाका कारण पुनः मतदान गर्नुपर्ने अवस्था नआएको र विवाद न्यून रहेको उल्लेख गरिन् ।
यस सफलताको श्रेय निर्वाचन आयोग र सुरक्षा निकायलाई दिँदै उनले आगामी दिनमा पनि यही स्तर कायम राख्न सके लोकतन्त्र अझ सुदृढ हुने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा उनले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै सम्पूर्ण सरोकारवालालाई धन्यवाद प्रकट गरिन्। साथै, लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्द्धन र समृद्ध नेपालको निर्माणमा सबैको सहकार्य रहने विश्वास व्यक्त गरिन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’