अर्थमन्त्री खनालको टिप्पणी- साइत देखाएर शपथ गर्ने परम्परा मन परेन !
११ चैत्र, २०८२, बुधवार
- सामाजिक सञ्जालमा टिप्पणी गर्दै अर्थमन्त्री खनालले साइत देखाएर शपथ गर्ने परम्परा आफुलाई मन नपरेको बताउदै साइत नहेरी इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न गरेको उल्लेख गरेका छन् ।
काठमाडौँ: अर्थमन्त्री रामेश्वर खनालले साइत देखाएर शपथ गर्ने परम्परा आफुलाई मन नपरेको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै अर्थमन्त्री खनालले साइत देखाएर शपथ गर्ने परम्परा आफुलाई मन नपरेको बताउदै साइत नहेरी इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न गरेको उल्लेख गरेका छन् ।
रास्वपाका वरिष्ठ नेता बालेन शाहले शुभ साइत निकालेर प्रधानमन्त्रीको शपथ लिन लागेको विषय बाहिरिएपछि अर्थमन्त्री खनालको यस्तो टिप्पणी आएको हो ।
उनले भनेका छन्- यो साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन !! हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन !!! तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त !!!!
उनले अर्को पोष्टमा बिचारको प्रतिवाद गर्न सक्ने तर तर सात पुस्ता उधिनेर व्यक्तिगत गालीगलौजमा नगर्न आग्रह समेत गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’