काँग्रेस केन्द्रीय समिति बैठकमा गगन थापाले आफ्नो धारणा राख्दै

२०८२ चैत्र १० मङ्गलवार
सारांश
  • नेपाली काँग्रेसका सभापति गगन थापाले आजको वैठकमा भाग लिने भएका छन् ।

काठमाण्डौ, १० चैत्र । नेपाली काँग्रेसका सभापति गगन थापाले आजको वैठकमा भाग लिने भएका छन् ।

 

आज सभापति थापाकै सभापतित्वमा बैठक बस्ने र उनले आजको बैठकमा आफुले दिएको राजीनामाको पृष्ठभूमि, पार्टीको निर्वाचनको पराजय बारे आफ्नो धारणा राख्ने बताइएको छ ।

 

त्यस्तै उनले पार्टीको आगामी कार्यदिशा र प्राथमिकता बारेमा पनि केन्द्रीय समिति बैठकमा बोल्ने भएका छन् ।

 

काँग्रेसको यस बैठकले पार्टीको नियमित महाधिवेशन बारे निर्णय लिन सक्ने समेत बताइएको छ । काँग्रेसले आगामी असोजसम्म १५औं महाधिवेशन गर्ने गरी तयारी गर्ने भएको छ ।

 

यसअघि शुक्रबार र आइतबार बसेको केन्द्रीय समितिको बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गरेको थियो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार