विगतमा सरकारी नियुक्ति पाएका पदाधिकारीलाई पद त्याग्न चन्द्र भण्डारीको सुझाव

२०८२ चैत्र १० मङ्गलवार
सारांश
  • नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले विगतमा सरकारी नियुक्ति पाएका पदाधिकारीलाई पद त्याग्न सुझाव दिएका छन् ।

काठमाण्डौ, १० चैत्र । नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले विगतमा सरकारी नियुक्ति पाएका पदाधिकारीलाई पद त्याग्न सुझाव दिएका छन् ।

 

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले बहुमतको सरकार गठन हुन लागेको बेला जनताको अपेक्षा नयाँ ढंगले पूरा गर्न आवश्यक रहेको बताएका छन् ।

 

उनले पहिले नियुक्ति पाएका व्यक्तिहरूले स्वेच्छाले पद छाडे राम्रो सन्देश जाने उल्लेख गर्दै 'हटाइयो' भन्ने अवस्था आउन नदिन आग्रह गरेका छन् ।

 

उनले भनेका छन्- 'बहुमतको सरकार बनिरहेको छ, जोस र जागर छ—जनताले पताइसकेका छन् । विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोडे भइहाल्यो नि । अब लामो सास नफेर !!! सल्लाह पनि नखोज !!! 'हटायो' भन्ने शब्द आउन किन दिने ? नयॅा नजिर बन्न सक्दछ !'

 

डा. भण्डारीले स्वाभिमान पद, पैसा, सुविधा वा सत्तासँग जोडिएको नभई जिम्मेवारी र व्यवहारसँग सम्बन्धित हुने बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार