नेविसंघ काँग्रेसबाट अलग हुने विषय केन्द्रीय समितिमा, विद्यार्थीहरुले गराए ध्यानाकर्षण
२०८२ चैत्र ०८ आईतवार
- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले संगठनभित्र पछिल्लो समय देखिएका गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
काठमाण्डौ, ०८ चैत्र । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले संगठनभित्र पछिल्लो समय देखिएका गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
आइतबार नेपाली कांग्रेस केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई एक ज्ञापनपत्र बुझाउँदै उनीहरूले संगठनको ऐतिहासिक गरिमा र विधानको रक्षा गर्न माग गरेका हुन् । ज्ञापनपत्रमार्फत नेविसंघका आस्थावान कार्यकर्ताहरूले नेपालको लोकतान्त्रिक आन्दोलनमा संघले पुर्याएको योगदानको स्मरण गर्दै स्थापनाकालदेखि नै संगठनले कांग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसात् गर्दै आएको उल्लेख गरेका छन् ।
नेविसंघले आफुलाई काँग्रेसबाट अलग गर्ने निर्णय गरेको विषय केन्द्रीय समितिमा नेताहरुले उठाइरहेको बताउदै काँग्रेस प्रवक्ता देवराज चालिसेले यस बारेमा पार्टीले निर्णय लिने बताएका छन् ।
उनले भने- नेविसंघ, महिला संघ, तरुण दल लगायत पार्टीका भातृ संस्थाहरु पार्टीको विधान अनुसार निर्माण भएका संस्थाहरु हुन् । नेपाली काँग्रेसले निर्माण गरेका संस्था हुन् । पार्टीले निर्माण भएका संस्थाले आफु अलग भए भन्ने घोषणा गर्नु कति राजनीतिक, वैधानिक हुन्छ, त्यो भन्नेले बुझ्नुपर्ने कुरा हो । पार्टीको बैठकमा यो विषयले प्रवेश पाएको छ, यो पार्टी भित्रको अनुशासनको विषय हुन सक्छ । यो पार्टीको लक्ष्मण रेखा भन्दा बाहिर गएको विषय हो ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।